तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लागण्डकी नगरपालिकाका ‘एक वडा एक उत्पादन’ अभियान

तनहुँ – शुक्लागण्डकी नगरपालिकाका १२ वटा वडाले ‘एक वडा एक उत्पादन’ अभियान चलाएका छन् ।

वडाबासीलाई कृषि तथा पशुपालन क्षेत्रमा सबल बनाउँदै सिङ्गो नगरपालिकालाई नै आत्मनिर्भर बनाउने उद्देश्यले वडैपिच्छे फरक फरक वस्तु उत्पादनमा जोड दिइएको नगरपालिकाले जनाएको छ ।

सोअनुसार वडा नं १ र २ मा मौरीपालन, ३ मा अकबरे खुर्सानी, ४ मा कौसी तरकारी, ५ मा च्याउ, ६ मा स्थानीय जातका कुखुरापालन, नं ७ र ९ मा दूध, ८ मा आलु, १० मा तरकारी, ११ मा सुन्तला र १२ मा बाख्रापालन कार्यक्रम लागु गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।

कृषि तथा पशु उत्पादन गरी नगरपालिकालाई आत्मनिर्भर बनाउन लागिएको उपप्रमुख सविता रसाइलीले बताउनुभयो । उहाँले भन्नुभयो ‘अभियानअनुरुप काम भए नभएकाबारे समयसमयमा नगरपालिकाले अनुगमन गर्दै आएको छ ।’रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button