तपाईँ सुन्दै हुनुहुन्छः

दशगजा क्षेत्रबाट लागु औषधसहित एक जना पक्राउ

बारा । सशस्त्र प्रहरीले बाराले दशगजा क्षेत्रबाट लागु औषधसहित एक जनालाई आज पक्राउ गरेका छ ।

लागु औषधसहित पक्राउ पर्नेमा विश्रामपुर गाउँपालिका–३ मुसहर्वा बस्ने वर्ष १८ को धन्नजय यादव रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बलको सिमाना खटिएको टोलीले विश्रामपुर गाउँपालिका वडा नं.३ स्थित खुदियाटोला दशगजा क्षेत्रबाट लागु औषधसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका यादवको साथबाट लागु औषधमा नाईट्रोजेपान ६ सय वटा र विन क्रिेक्स १४७ बोतल समेत बरामद गरेको छ ।

सशस्त्र प्रहरीको विओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक नारायण सिंह ऐरीको कमान्डमा खटिएको गस्ती टोलीले भारतबाट लुकाई छुपाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लागु औषध नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल बाराका प्रमुख दिग विजय सुबेदीले जानकारी दिनुभयो ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि लागु औषधसहित जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक सुबेदीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button