तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा थप दुई जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ५५ पुग्यो

सल्यान । सल्यानमा कोरोना सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ । जिल्लाको कुमाख गाउँपालिका ३ का १९ र २४ पुरुषमा कोरोना पोजेटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या ५५ पुगेको हो ।

बुधवार दिउँसो प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले प्रेस विज्ञप्ति जारी गर्दै कुमाख गाउँपालिकाका दुई जनामा सङ्क्रमित भएको पुष्टि गरेको हो ।

कुमाख गाउँपालिकाले निमार्ण गरेको क्वारेनटाइनमा बसिरहेका उनीहरुमामा पीसिआर पोजेटिभ देखिएको हो ।

सङ्क्रमित दुवै जना भारतबाट आएका हुन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button