तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशमा थप १६ जना कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुग्यो

सुर्खेत । कर्णाली प्रदेशमा थप १६ जना कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ  । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई सय ७८ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

१६ जनामध्ये दैलेखका सात जना, सल्यानका दुई र कालिकोटका सात जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button