तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा दोस्रो व्यक्तिमा कारोेना भाइरस सङ्क्रमण पुष्टि

मेलम्ची । सिन्धुपाल्चोकमा दोस्रो व्यक्तिमा कारोेना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सिन्धुपाल्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ ।

पहिलो सङ्क्रमित सुत्केरी महिलाको भने मृत्यु भइसकेको छ । सिन्धुपाल्चोकको इन्द्रावती–१० का ३२ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ पाइएको हो ।

उनी जेठ १३ गते भारतबाट मेलम्ची आइपुगेका थिए । उनीसहित आएका पाँच जनालाई घर जान नदिई सिधै क्वारेनटिनमा राखिएको थियो ।

उनीसँगै भारतबाट अन्य चारमा भने कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण उनको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मेलम्चीस्थित क्षेत्रीय क्वारेनटिनमा रहेका सङ्क्रमित पुरुष स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।  सङ्क्रमित पुरुषलाई उपचारका लागि आइसोलेसनमा सार्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button