तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानीबाट लकडाउनपछि १८ करोड ३१ लाख राजस्व असुली

मेलम्ची । कोरोना भाइरस(कोभिड–१९) संक्रमण रोकथाम र उपचारका लागि प्रयोग हुने निजी क्षेत्रले ल्याएका स्वास्थ्य सामाग्रीको आयातसँगै राजस्व संकलनमा पनि सकारात्मक प्रभाव देखिएको छ ।

भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार सोमबार सम्ममा चालू वर्षको राजस्व १ अर्ब २७ करोड २६ लाख संकलन भएको छ । फागुनसम्ममा १ अर्ब ८ करोड ९५ लाख राजस्व संकलन भएको थियो । कोभिड–१९ को संक्रमणका कारण लकडाउनपछि अर्थात गत चैत २६ गते देखि अहिलेसम्म १८ करोड ३१ लाख राजस्व असुली भएको छ । जेठमा मात्र १२ करोड ७५ लाख राजस्व संकलन भएको छ । सरकारले स्वास्थ्य सामाग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ ।

२६ चैतदेखि पुनः सञ्चालनमा ल्याइएको नाकाबाट सबैभन्दा बढी कोभिड(१९रोकथाम र परीक्षण सँग सम्बन्धित सामग्री आयात भएको छ

लकडाउनबीच पनि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट १ अर्ब ७८ करोड २५ लाख २७ हजार रूपैयाँको सामान भित्रिएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख खत्रीले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको बताउनुभयो ।

भन्सार कार्यालयका अनुसार २६ चैतदेखि १ अर्ब ६२ करोड १२ लाख रूपैयाँको स्वास्थ सामग्री आयात भएको छ ।

यस्तै, यस अवधिमा ११ करोड २० लाखको स्याउ र लसुन, ४ करोड ४४ लाखको धानको बिउ, ८२ लाखको कृषि सामग्री र ४९ लाख रूपैयाँको एम्बुलेन्स आयात भएको छ ।

त्यसैगरी, यस अवधिमा उक्त नाकाबाट कूल १ अर्ब २७ करोड २६ लाख रूपैयाँ राजश्व असुली भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button