तपाईँ सुन्दै हुनुहुन्छः

बारामा पाँच ठेकेदार कम्पनीलाई कारवाही

बारा । बाराको निजगढ नगरपालिका र कोल्हबी नगरपालिका अन्तर्गत रहेका लाल बकैया खोलाका ठेकेदारहरुलाई आज कारवाही गरिएको छ । मापदण्ड विपरीत नदीजन्य पदार्थहरु उत्खन्न गर्ने गरिएको पाईएपछि दुईवटा ठेकेदार कम्पनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा निगढ नगरपालिले खोलाको ठेक्का जिम्मा दिईएका मुंदिपा ट्रेडिङ प्रालि र कोल्हबी नगरपालिकाले ठेक्का दिईएका मंकेश्वर निर्माण सेवा रहेको छ । मुंदिपा ट्रेडिङ प्रा .लि .लाई ३ लाख रुपैया र मंकेश्वर निर्माण सेवालाई एक लाख रुपैया जरिवाना गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितीका प्रमुख नवलकिशोर सिँहको संयोजकत्वमा हिजो लाल बकैया खोलामा गरिएको अनुगमनमा मापदण्ड विपरीत उत्खन्न गरिरहेका ९ वटा स्काभेटर र २ सय वटा ढुवानीको साधन नियन्त्रणमा लिएको थियो ।

अनुगमन समितीमा बाराको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित ,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनी, शसस्त्र प्रहरी बल बाराका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदी, डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमद लगायतको सहभागिता रहेको थियो ।

ठेकेदार कम्पनीले गिटी, बालुवा र ढुङगा उत्खन्न गरिरहेको ठाउँमा नगरपालिकाले आफनो प्रतिनिधि राख्नुपर्ने नियम भएपनि कुनै प्रतिनिधि नराखेको सशस्त्र प्रहरी उपरिक्षक दिग बिजय सुबेदीले जानकारी दिनुभयो ।

तीन दिन अगाडि जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका खोलाहरुको गरिएको अनुगमनमा ठेक्का सकारेका तीनवटा ठेकेदार कम्पनीहरुलाई जनही एक–एक लाख जरिवाना गरिएको थियो ।

ठेक्का सकारेका तीनवटा ठेकेदार कम्पनीहरुलाई जनही एक–एक लाख जरिवाना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button