तपाईँ सुन्दै हुनुहुन्छः

कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मीको कोरोना बीमा

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मीहरुको कारोना बीमा गरिएको छ ।

कोरोना संक्रमित विरामीहरुको उपचारमा संलग्न हुनुपर्ने ८३ जना स्वास्थ्यकर्मीहरुको बीमा गरिएको कुश्मा नगरपालिकाले जानकारी दिएको छ । प्रत्येकको एक–एक लाखको बराबरको बीमा गरिएको प्रमुख प्रसासकिय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो ।

बीमा बापत प्रतिव्याक्ति ६ सय रुपैयाँ प्रीमियम बीमा कम्पनीलाई भुक्तान गरिएको पंगेनीले बताउनुभयो । शिखर इन्स्योरेन्स कम्पनी मार्फत बीमा गरिएको हो । बीमा गरिएका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिए कम्पनीले एक लाख रुपैयाँ रकम प्रदान गर्ने शर्त रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button