तपाईँ सुन्दै हुनुहुन्छः

संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८३ हजार बढी

संसारभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८३ हजार बढी
काठमाडौं । विश्वका सबैजसो देशमा देखा परेको कोरोना भाइरसबाट मृत्यु हुनेहरुको संख्या ३ लाख ८३ हजार भन्दा बढी पुगेको छ ।

हालसम्म संक्रमितको संख्या ६४ लाख ८३ हजार भन्दा बढी पुगिसकेको छ भने कोरोना भाइरसको उपचार पछि निको भएर घर फर्किनेको संख्या ३० लाख ८९ हजार नाघेको छ ।

कोरोना भाइरसको अत्याधिक मारमा परेको अमेरिकामा कूूल संक्रमित १८ लाख ८१ हजारभन्दा बढी हुँदा १ लाख ८ हजार भन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलमा सक्रमितको संख्या ५ लाख ५८ हजार २ सय नाघेको छ भने ३१ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा २ लाख ८ हजार ७ सय भन्दा बढी संक्रमित हुँदा ५ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ भने १ लाख ५ सयभन्दा बढी निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button