तपाईँ सुन्दै हुनुहुन्छः

ग्लोबल बैंकद्वारा प्रदेश सरकारलाई रु २५ लाख हस्तान्तरण

भैरहवा । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा आज प्रदेश नं ५ सरकारलाई रु २५ लाख सहयोग गरेको छ । बैंकको प्रदेश नं ५ को कार्यालयले उक्त रकम सहयोग गरेको हो ।

बैंकको प्रदेश नं ५ का नायब प्रदेश प्रमुख दिलीप डाँगीले प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले सामाजिक क्षेत्रमा बैंकको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो । बैंकका भैरहवा शाखा प्रमुख प्रेमसागर अग्रहरीले बैंकको योगदानबाट भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो स्थापनाकालदेखि विपत्तिका अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकको प्रदेश कार्यालयले जनाएको छ ।

कोभिड –१९ विरुद्धको अभियानमा प्रदेश नं ५ सरकारलाई २५ लाख सहयोग गरेको बैंकले रु एक करोड १५ लाख केन्द्र सरकारलाई यसअघि नै हस्तान्तरण गरिसकेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button