तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा एकै दिन ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण

रौतहट । रौतहटमा बिहीबार एकै दिन मात्र नयाँ ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यससँगै रौतहटमा कोरोना भाइरसको संक्रमतिको सङ्ख्या तीन सय ८३ पुगेको छ ।

बिहीबार थपिएका सँगै रौतहटको १८ वटै पालिकाको क्वारेनटाइनमा बस्दै आएकामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

बिहीबार कोरोना भाईरस सङ्क्रमण देखिएकोमा ईशनाथ नगरपालिकामा ४६ जना, गुजरा नगरपालिकामा ८ जना, गडिमाई नगरपालिकामा सात जना, चन्द्रपुर नगरपालिका एक जना, फतुवा विजयपुर नगरपालिकामा एक जना, माधव नारायण नगरपालिकामा एक जना र दुर्गा भगवती गाउँपालिकामा एक जनामा देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कोरोना सङ्क्रमण देखिएका सबै रोजगारी गरेर भारतबाट फर्किएको बताउनुभयो । उहाँले सङ्क्रमित व्यक्तिहरू समुदायमा नगएका कारण कोरोना भाइरसको सङ्क्रमण फैलने डर नभएको बताउनुभयो ।

सङ्क्रमित देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

भारतबाट दैनिक घर आउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । प्रहरी प्रशासनले सीमा नाकामा निगरानी बढाउने र घर आउन लागेकालाई सम्बन्धी पालिकाले निर्माण गरेको क्वारेनटाइनमा लगेर सिधै राख्ने गरिँदै आएको छ ।

स्वास्थ्यकर्मीले क्वारेन्टाईनमा रहेकाहरूको पिसिआर परीक्षणको लागि स्वाब निकालेर पायक पर्ने प्रयोगशालामा पठाउने गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button