तपाईँ सुन्दै हुनुहुन्छः

पिसविन बाजुरा द्वारा १८ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

बाजुरा । पिसविन बाजुरा नामक गैरसरकारी संस्थाले जिल्लाका बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिकालाई १८ लाख बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री र किसानलाई बीउ सहयोग गरेको छ।

कोरोनाको संक्रमण विरुद्धमा प्रयोग हुने स्वास्थ्य तथा सुरक्षा सामाग्री सहीत किसानलाई उन्नत जातको बीउ सहयोग गरेको पीसविन बाजुराका कार्यक्रम संयोजक गोविन्द्र थापाले बताउनु भएको छ। अभावको समयमा पीसविनले गरेको सहयोगले स्थानीय तहलाई ठूलो राहत पुगेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले बताउनु भएको छ ।

बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिका ६ हजार १ सय ६८ घरधुरीलाई ८ लाख ५० हजार बराबरको सरसफाइ सामाग्री, ४ सय ५० जना गर्भवती महिलालाई १ लाख ५५ हजार २ सय ५० बराबरको अण्डा वितरण गरिएको छ ।

स्वास्थ्य संस्था, प्रहरी, पत्रकार तथा अन्य कर्मचारी लगायतलाई ३ हजार ५ सय मास्क पनि वितरण छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button