२०७८ साल जेठ ४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

कोशी अस्पतालवाट आज २७ जना कोरोना सक्रंमित डिस्चार्ज

कुुमोद अधिकारी २०७७ जेठ २२ गते १७:०४

विराटनगर । विराटनगर स्थित कोरोना विशेष कोशी अस्पतालवाट आज २७ जना कोरोना सक्रंमित डिस्चार्ज भएका छन् । ती मध्ये चारजना महिला र २३ जना पुुरुष रहेका छन ।

मोरङ, उदयपुुर, धनकुुटा, खोटाङ, सुुनसरी लगायत सात जिल्लाका २७ जना सक्रमित अस्पतालवाट निको भएर घर फर्केको प्रदेश न १ का समाजिक विकास मंत्री जिवन घिमिरेले वताउनुुभयो ।

उनिहरुलाई मंत्री घिमिरेले कोरोनालाई जितेको भन्दै फुुलको गुुच्छा दिएर स्वागत गर्नुु भएको थियो । अस्पतालमा अव १५ जना सक्रमितको उपचार भइरहेको र सवैको अवस्था सामान्य रहेको छ । प्रदेश नं. १ आज सम्म २ सय १ जना कोरोना सक्रमित फेला परेकामा ७८ जना अस्पतालवाट डिसर्चाज भएको मंत्री घिमिरेले वताउनुुभयो ।

सो अवसरमा वोल्दै मंत्री घिमिरेले कोरोना रोकथाम नियन्त्रणका लागी प्रदेश न १ का विभिन्न स्थानमा ४ हजार आइसोलेशन वेड तयार गर्ने योजनामा प्रदेश सरकार अघि वढेको वताउनुुभयो ।

सम्बन्धित

जुम्लामा संस्थागत आइसोलेसन बनाउन जोड 

४ घन्टा अगाडि सागर परियार

हुम्ला र नुवाकोटमा १५ दिन निषेधाज्ञा थप

४ घन्टा अगाडि रेडियो नेपाल