तपाईँ सुन्दै हुनुहुन्छः

मृतकको संख्या १०, संक्रमित २ हजार ६ सय ३४

फाइल तस्बिर

नेपालमा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको सख्या १० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मिसन अस्पताल पाल्पामा उपचारका क्रममा यही जेठ २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या १० पुगेको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले दिनुभएको जानकारी आनुसार मृतक पुरुष भारतबाट फर्किएर स्थानीय क्वारेन्टाईनमा बस्दा श्वासप्रशासमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

यसैगरी आज थप ३ सय ३४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३ सय १९ जना पुरुष र १५ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाका अनुसार आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ्का १ जना, नाराणणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा पर्साका १ जना, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका १३ जना, झपाका ३ जना तथा ताप्लेजुङ र मोरङका १–१ जना गरी जम्मा १८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणमा बाराका ७ जना तथा सिन्धुली र रौतहटका १–१ जना गरी जम्मा ९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका १० जना, पर्वतका ४ जना तथा म्याग्दी र स्याङ्जाका १–१ जना गरी जम्मा १६ जना, सेती अस्पतालमा गरिएको परीक्षणमा डोटीका ३ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका १७ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जना र मु्गुका १ जना गरी जम्मा १ सय ६ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा खोटाङ्का ३ जना र झापाका २ जना गरी जम्मा ५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका ५ जना, धनुषाका ६ जना, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जना र सर्लाहीका ३ जना गरी जम्मा ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकस देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ६५ जिल्लाका २ हजार ४ सय ५० जना पुरुष र १ सय ८४ जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

यसैगरी आज थप १२ जना उपचार पछि निको भई डिस्चार्ज भएसंगै हाल सम्म जम्मा २ सय ९० जना उपचार पछि निको भई घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाले आज नारायणी अस्पताल विरगञ्जबाट ५ जना र कलैया अस्पताल बाराबाट ७ जना गरी जम्मा १२ जना उपचारपछि निको भई घर फकिएको जानकारी दिनुभयो ।

हाल सम्म २ सय ३४ जना पुरुष र ५६ जना महिला कोरोना भाईरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button