तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा थपिए नयाँ ५ संक्रमित

कैलाली । सुदूरपश्चिममा आज नयाँ ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार आज धनगढी फुलवारीकी २५ बर्षीय युवती र २६ बर्षीय पुरुष, घोडाघोडी नगरपालिकाका ३२ बर्षीय पुरुष, अछाम साँफेवगरका २९ बर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेको श्रेष्ठले बताउनु भयो । योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८६ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button