तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

भोजपुर । भोजपुरमा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । भोजपुरमा भारतबाट आएर ’होल्डिङ एरिया’ मा बसेका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

भारतबाट सुनौली नाका हुँदै १३ जेठमा आइपुगेका उनीहरूलाई अरुण गाउँपालिकाको जरायोटारमा बनाइएको होल्डङ एरियामा राखिएको थियो ।

कोभिड १९ पुष्टि भएका सबै जना षडानन्द नगरपालिका दिङ्लाका रहेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो ।

होल्डिङ सेन्टर’ मा बसेका ४० जना चार सुरक्षा कर्मी र दुई जना स्थानीयको कोरोना परीक्षण गर्न थ्रोट स्वाब नमुना सङ्कलन गरी पठाइएको थियो ।

सङ्क्रमण पुष्टि हुनेमा १७, १९, २९, ३०, ३२ वर्षका पुरुषहरू रहेका भोजपुरका प्रहरी प्रमुख डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो ।

यसअघि भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

आज पाँच जना सङ्क्रमित फेला परेसँगै जिल्लामा कूल सङ्क्रमित ६ जना पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button