तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल परिसरमा बृक्षरोपण

काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा आज सिंहदरबारस्थित रेडियो नेपाल परिसरमा बृक्षरोपण गरिएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीसहित रेडियो नेपालका कर्मचारीहरूले साइकस, आरुबखडा, कागती, आरुलगायतका विभिन्न किसिमका फलफूलका बिरुवाहरू रोप्नुभयो ।

त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीले विश्व वातावरण दिवसका अवसरमा सरकारको नीति अनुरूप फलफूलका बिरुवाहरू रोपिएको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक कार्कीले स्वस्थ जीवनका लागि वातावरण स्वच्छ हुनु अपरिहार्य भएकाले कोरोना भाइरसको सङ्क्रमणको हालको असहज अवस्थामा पनि बृक्षरोपणको कार्यलाई विगतमा जस्तै निरन्तरता दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button