तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १२ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

नेपालगन्ज  । बाँकेमा १२ जना कोरोना सङ्क्रमित आज डिस्चार्ज भएका छन् ।

नेपालगन्जको लायन्स डेण्टल अस्पतालमा उपचाररत नरैनापुर गाउँपालिका वडा नम्बर २ का १२ जना कोरोना सङ्क्रमित निको भएर घर गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

जेठ ५ गते सङ्क्रमण पुष्टि भएका उनीहरू लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन् ।

यो सँगै बाँकेमा कोरोना निको हुनेहरूको सङ्ख्या ४० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

जिल्लामा हालसम्म दुई सय ५५ जना सङ्क्रमित भएका छन् । एक जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button