तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पन्छाएपछि अवरुद्ध भिमफेदी–कुलेखानी सडक खण्ड सुचारु

मकवानपुर । पहिरोको कारण शनिवार बिहानदेखि अवरुद्ध रहेको काठमाडौँ जोड्ने छोटो दुरीको भिमफेदी–कुलेखानी सडक सुचारु भएको छ ।

शुक्रवार रातीदेखिको लगातारको वर्षका कारण दुई स्थानमा लेदो माटोसहितको पहिरो गएर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सुचारु भएको हो ।

शुक्रवार रातिदेखि लगातारको वर्षका कारण भिमफेदी–कुलेखानी सडक खण्ड अन्तरगत भिमफेदी–६ जुरी खेतमा र त्यसकै २०० मिटर तल दुई ठाउँमा पहिरो गएको थियो ।

दुवै ठाउँको पहिरो पन्छाएपछि बिहानदेखि अवरुद्ध रहेको उक्त सडक खण्ड खुलेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले जानकारी दिनुभयो ।

दुवै स्थानको पहिरो हटाएपछि अवरुद्ध रहेको सडक दुवैतर्फ सुचारु भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button