तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालगन्ज । बाँकेमा आज थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा खजुराका आठ, बजैनाथका तीन र नेपालगन्जका एक  जनामा सङ्क्रमण देखिएको हो ।

भेरी अस्पतालले जारी गरेको सूचना अनुसार नेपालगन्ज उपमहानगरपालिका १ की ४१ वर्षिया महिला, बजैनाथ गाउँपालिका ६ का ३२ र ३८ वर्षीय पुरुष, बजैनाथ २ कै ३७ वर्षीय पुरुष तथा खजुरा गाउँपालिका ४ का ३ र ४ वर्षीय बालक, २३ वर्षीय महिलासहित २५ देखि ३२ वर्षीय पुरुष र खजुरा ५ का २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६७ पुगेको छ । यी मध्ये ४१ जना निको भएका छन् भने एक जनको मृत्यु भइसकेको छ । भेरीमै गरिएको परीक्षणमा आजै बर्दियाका २८ जनामा कोरोना देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button