तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध सहित एक जना पक्राउ

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरबाट प्रहरीले ४० वर्षीय जीवन भट्टलाई लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरेको छ ।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ स्थायी घरभई हाल महेन्द्रनगर बस्दै आएका भट्टलाई लागुऔषध खरिद बिक्री एवं ओसारपसार गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीबाट पक्राउ परेका भट्टको साथबाट १५ ग्राम ३५ मिलिग्राम खैरो हेरोइन समेत बरामद गरिएको र उनीमाथी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button