तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनको एक महिनामा करिब ३ अर्ब लगानी स्वीकृत

लकडाउनकै अवधिमा गत एक महिनामा नेपालको उद्योग क्षेत्रमा २ अर्ब ७४ करोड ९० लाख रुपैयाँ लगानी स्वीकृत भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस अवधीमा विभिन्न ११ वटा उद्योगमा ९२ करोड ७० लाख रुपैयाँ विदेशी लगानी र ४ वटा उद्योगमा १ अर्ब ८२ करोड ७० लाख रुपैयाँ स्वदेशी लगानी स्वीकृत भएको जनाएको छ ।

यस अवधीमा विदेशी लगानी आएको मध्ये सबै भन्दा बढी चीनबाट ७ वटा उद्योगमा ७२ करोड ७० लाख रुपैयाँ लगानी रहेको छ ।

त्यस्तै भारत, दक्षिण कोरिया, नेदरल्याण्ड र मलेसियाबाट ५–५ करोडका दरले २० करोड विदेशी लगानी आएको छ ।

यसैगरी, मन्त्रालयले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २० मा व्यवस्था भएको औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको काममा सहयोग गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा उद्योग तथा लगानी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु र सम्बन्धित क्षेत्रका विज्ञहरु रहने गरी एक उच्चस्तरीय औद्योगिक तथा लगानी नीति मञ्च गठन गरेको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश दाहालले जानकारी दिनु भयो ।

मञ्चलाई प्रचलित कानुनद्वारा तोकिएको कार्यहरुको अतिरिक्त छिमेकी मुलुकहरुको उद्योग तथा लगानीसम्बन्धी व्यवस्था अध्ययन गरी सिफारिस गर्ने, प्रदेश तथा स्थानीय तहका उद्योग एवं लगानी सम्बन्धी र समग्र लगानीको विषयमा औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डलाई परामर्श तथा दिने कार्यदिशा तोकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button