तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यू

बैतडी । बैतडीको पाटन नगरपालिका –०६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसेका एकजनाको आज साँझ मृत्यु भएको छ । पाटन नगरपालिका ६ सन्तोली घर भएका ३१ बर्षीय पुरुषको ज्यान गएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताउनुभयो ।

आज बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टाइनमा बसेका थिए ।

एक्कासी साँझ साढ ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भएको हेल्थ असिष्टेन्ट भट्टले बताउनुभयो । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र स्वाब धनगढी पठाइने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।

ती व्यक्तिसंग बेंगलोरबाट अरु १३ जना पनि आज बिहानै पाटन पुगेका बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा बसिरहेका छन् ।

यसअघि मंगलबार पुरचौडीमा समेत एक महिलाको क्वारेन्टाइनमै मृत्यू भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button