तपाईँ सुन्दै हुनुहुन्छः

बेलझुण्डीबाट कोरोना जितेका १० जना घर फिर्ता

तुलसीपुर । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना जितेका १० जनालाई घर पठाइएको छ ।

बाँकेको नरैनापुरका पाँच जना, बर्दियाका एक, दाङका दुई र कपिलवस्तुका दुई जनालाई एक कार्यक्रमका बिच बिदाइ गरिएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनुभयो ।

१० जना मध्ये पाँच जना कोरोना पोजेटिभ देखिएका छन् । उनीहरूले भने १४ दिन आफ्नै घरमा सेल्प आइसोलेसनमा बस्नु पर्नेछ ।

‘स्वास्थ्य मन्त्रालयको पत्र अनुसार १४ दिन आइसोलेसनमा बसेकालाई बिदाइ गर्ने कार्यविधि छ,’ डा. शर्माले भन्नुभयो –‘ त्यसैलाई टेकेर २२ दिन बिताएका पाँच जना र अन्य नेगेटिभ रिपोर्ट आएकालाई बिदाइ गरिएको हो । ’

कोरोना पोजेटिभ देखिएको १० दिनपछि कोरोना भाइरस अर्को व्यक्तिमा नसर्ने र आफै निष्क्रिय हुने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।

सर्पको टोकाइबाट दुई जना बिरामी
सर्पको टोकाइबाट तुलसीपुरमा दुई जना बिरामी परेका छन् ।

बिरामी भएका तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी निवासी ३२ वर्षका वसन्त चौधरी र तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा निवासी १९ वर्षकी सम्भार विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

चौधरीलाई खेतमा काम गर्ने क्रममा कालीडूवेनी सर्पले बिहान साढे छ बजे र विकलाई ८ बजे ब्राखा सार्ने क्रममा गोठमा गराँइच सर्पले टोको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button