तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ का सबै जिल्लामा कोरोना सङ्क्रमण

नेपालगन्ज  । रोल्पामा पनि कोरोना सङ्क्रमित भेटिएसँगै प्रदेश ५ का १२ वटै जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नम्बर ५ का २० र २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै बाँकेमा पनि तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ र ७ का १५ र ३० वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button