तपाईँ सुन्दै हुनुहुन्छः

राजपुर हत्याकाण्डका एक प्रतिबादी पक्राउ

रौतहट । प्रहरीको फरार सुचीमा रहेका राजपुर फरहदवा हत्या काण्डका एक जना प्रतिबादी लाई प्रदेश प्रहरीले पक्राउ परेका छन ।

१२ वर्ष अघि संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बिस्फोट र हत्या काण्डका प्रतिबादी बाराको सिम्रौनगढ नगरपालिका– ४ निबासी ६५ बर्षीय मुक्ति साह लाई प्रदेश प्रहरीले पक्राउ गरी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको छ । भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका– ८ बाट शनिबार राति पक्राउ गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक धिरजप्रताप सिंहले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ परेका साह लाइ जिल्ला अदालत गौरमा हाजिर गराउदा पिसिआरको रिपोर्ट आएपछि मात्रै सुनवाईको आदेश गरेको छ । उनी जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन ।

संविधानसभा निर्वाचन हुने अघिल्लो दिन २०६४ साल चैत २७ गते बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा साह पक्राउ परेका हुन । घटना हुदा साह राजा ईट्टाभट्टामा मिस्त्रिको रुपमा काम गर्दथे ।

सोही प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेका छन् । सो घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह लाई पनि अभियुक्त किटान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button