तपाईँ सुन्दै हुनुहुन्छः

‘कोरोनासँग लड्दै आर्थिक क्रियाकलापलाई सुचारु गर्नुपर्छ’

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी दिनमा कोरोनासँग लड्दै दैनिक आर्थिक क्रियाकलापहरुलाई पनि सुचारु गर्दै अघि बढ्नुपर्ने बताउनु भएको छ ।

नेपाल धितोपत्र बोर्डको २८ औ वार्षिकोत्सवको अवसरमा वेभनार मार्फत सम्बोधन गर्दै अर्थमन्त्री कोरोनाको कारण शेयर बजार बन्द हुँदा कतिपय अवस्थामा शेयर लगानीकर्ता तथा कारोबारीहरुलाई अफ्ट्यारो परेको भन्दै कारोनालाई परास्त गरी अर्थतन्त्रलाई पुरानै बाटोमा ल्याउने बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले आन्तरिक पूँजी परिचालनको माध्यमबाट दीर्घकालीन लगानीका लागि एउटा अवसर सिर्जना गर्ने गरी पूजी बजारका नियामकहरुले काम अघि बढाउनु पर्नेमा पनि जोड दिनुभयो ।

अर्थ मन्त्री खतिवडाले धितोपत्र बजार संचालनको लागि तरलता नै आवश्यक हुने भन्दै धितोपत्र बोर्ड र नेप्से मिलेर छिटो छिटो कारेवार गराउन सकको खण्डमा बजारबाट तरलता निर्माण गर्न सकिने पनि उल्लेख गर्नु भयो ।

अर्थमन्त्री खतिवडाले आगामी दिनमा कृषि, धातु, पेटोलियम पदार्थ र औद्योगिक वस्तुहरुको बस्तुको विनिमय बजार विकास हुनु पर्ने र त्यसको लागि आवश्यक प्रकृया मिलाउन नेपाल धितोपत्र बोर्डलाई आग्रह गर्नु भयो ।

अहिले तत्काललाई धितोपत्र बोर्डर्लाइ नै बस्तु विनिमय बजारको पनि नियामक भनिएको र अब आउने ऐनले अझ व्यवस्थित गर्ने पनि अर्थ मनत्रीले बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले क्रेडिट रेटिङलाई विश्वसनीय बनाउँदै लागत घटाउदै अघि बढ्नुपर्ने,सरल ढंगले कर तिर्न सक्ने स्थिति र व्यवसाय गर्दा करकै कारणले व्यवसायलाई असर नपरोस भनेर सचेत हुन पनि सम्वद्ध निकायलाई आग्रह गर्नुभयो ।

सार्क क्षेत्रमा बजारलाई चलायमान गर्नको लागि एक आपसमा प्रविधिक सहयोग, बजारको समन्वय र सहकार्य गर्दै पूँजी बजार खोल्दै जाने कुराहरुमा छलफल गर्न सकिने पनि अर्थ मन्त्रीले उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले पूँजी बजारको आकार र दायरालाई क्रमशः सुधार गर्दै लगेको बताउनु भयो ।

उहाँले कोरोनाको प्रभावको समयमा नियमनकारी निकायहरुले सहजकर्ताकोे भूमिका समेत निवार्ह गरेर अघि बढनु आवश्यक भएको बताउनु भयो ।

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापाँगाईले बीमा अभिकर्ता मार्फत सबै स्थानीय तहमा बीमाको पहुँच पुगेकाले त्यसरी जम्मा भएको पूँजी दोस्रो बजारमा लगानी गर्ने वातवरण मिलाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुड.गानाले चालु आर्थिक बर्षको १० महिनामा ३० वटा निष्काशन मार्फत ३० अर्ब ७९ करोडको कारोवार भएको र ०.५४ प्रतिशत जनतामा धितोपत्रको कारोबारको पहँुच पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button