तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट विश्वभर ४ लाख २ हजार बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर कुल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या ४ लाख २ हजार नाघिसकेको छ ।

विश्वभरी फैलिसकेको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ७० लाख १३ हजार भन्दा बढी पुगीसकेको छ । कुल संक्रमित मध्ये ३४ लाख ३० हजार भन्दा बढी निको भैसकेका छन ।

विश्वमा कोरोना भाइरसको अत्याधिक मार झेलिरहेको अमेरिकामा हालसम्म १९ लाख ८९ हजार भन्दा बढी संक्रमित भएका छन भने १ लाख १२ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

छिमेकी मुलुक भारतमा २ लाख ४८ हजार भन्दा बढी संक्रमित हुदा ६ हजार ९ सय ५७ जनाको मृत्यु भैसकेको छ ।

कोरोना संक्रमण सुरु भएदेखी, आम नागरिकलाई कोरोना भारइरसबाट बच्न र बचाउने उपाय सिकाइरहेको विश्व स्वास्थ्य संगठनले कोरोना अब निर्मूल हुने लक्षण नदेखिएको भन्दै घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउने, व्यक्तिगत दुरी कायम राख्ने र सर सफाइलाई बानीको रुपमा व्यवहारमा उर्तान सबैमा आव्हान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button