तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनालाई जित्नेहरुको सङ्ख्या बढ्दै, थप २० जना डिस्चार्ज

नेपालगन्ज । बाँकेमा थप २० जना कोरोना सङ्क्रमणलाई जितेर आज घर फर्केका छन् ।

खजुरास्थित कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्र आइसोलेसनबाट नरैनापुर गाउँपालिकाका २० जना निको भएर घर फर्केको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नरैनापुरको वडा नम्बर १ का एक  जना, वडा नम्बर ४ का तीन जना र वडा नम्बर ३ का १६ जना गरी २० जना पुरुष आज डिस्चार्ज भएका हुन् ।

यो सँगै बाँकेमा कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या ६८ पुगेको छ ।

बाँकेमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ७० पुग्दा एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button