तपाईँ सुन्दै हुनुहुन्छः

‘आगामी आवमा ९४ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुर्‍याउने लक्ष्यसहित आवश्यक बजेट विनियोजन’

काठमाडौं । खानेपानी मन्त्री विना मगरले आगामी आर्थिक वर्षमा ९४ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुर्‍याउने र ३२ प्रतिशतमा जनसङ्ख्यामा मध्यम तथा उच्चस्तरको खानेपानी पहुँच पुर्‍याउने लक्ष्यसहित आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री मगरले खानेपानी तथा सरसफाइ कार्यक्रमहरूलाई प्रदेश सरकार र स्थानीय सरकारले सञ्चालन गर्ने आयोजनासँग दोहोरो पना नहुने गरी कार्यक्रमहरू व्यवस्थापन गरिएको बताउनुभयो ।

उहाँले भौगोलिक विकटतालाई समेत मध्यनजर गरी तराई क्षेत्रमा १५ हजार, पहाडी क्षेत्रमा पाँच हजार र हिमाली जिल्लामा एक हजारभन्दा बढी जनसङ्ख्यालाई खानेपानी पुर्‍याउने आयोजना मन्त्रालयले सञ्चालन गर्ने र सो भन्दा साना आयोजना स्थानीय सरकार र प्रदेश सरकाले गर्ने गरी व्यवस्था मिलाइएको जानकारी समेत दिनुभयो ।

मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको भौतिक काम चालु आर्थिक वर्षमा सम्पन्न हुने र आगामी आर्थिक वर्षमा व्यवस्थित ढङ्गले वितरणको गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button