सल्यानमा थप पाँच जनामा कोरोना सङ्क्रमण ,सङ्क्रमितको सङ्ख्या एक सय २४ पुग्यो
सल्यान । सल्यानमा सोमबार थप पाँच जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो ।
सङ्क्रमित हुनेमा बनगाड कुपिण्डे नगरपालिकाका तीन जना र कुमाख गाउँपालिकाका दुई जना रहेका छन् ।
बनगाड कुपिण्डे नगरपालिका वडा न २ का १७ र २३ वर्ष पुरुष र वडा न ३ का १८ वर्षीय युवा रहेका छन् ।
यस्तै कुमाख गाउँपालिका वडा न १ की १८ वर्षिया महिला र वडा न ३ का २१ वर्षीय पुरुष रहेका छन् ।
सल्यानमा सङ्क्रमितको सङ्ख्या एक सय २४ पुग्यो
सल्यानमा सोमबार थपिएका पाँच जनासहित सङ्क्रमितको सङ्ख्या एक सय २४ पुगेको छ ।
बनगाड कुपिण्डे नगरपालिकामा एक सय १०, दार्मा गाउँपालिकामा नौ, कुमाख गाउँपालिकामा चार र कपुरकोट गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया राख्नुहोस्