तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको रिपोर्ट नेगेटिभ


बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ मा क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको रिपोट नेगेटिभ आएको छ । मृतक सँगै रहेका २ जनाको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभयो।

जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ बर्षीय बृद्धको शनिबार बिहान मृत्यु भएको थियो । मृतक पुरुषको लाश शनिवार नै ब्यबस्थापन गरिसकिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button