तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा खोलाले बगाँएर एक किशोरीको मृत्यु


मककवानपुर । मकवानपुरमा खोलाले बगाएर एक किशोरीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेस्थित राप्ति खोलाले बगाएर स्थानीय चन्द्र वहादुर सुनुवारकी १६ बर्षीया छोरी सुनिता सुनुवारको मृत्यु भएको हो ।

४ जना साथीहरुसँग नुहाउन जाने क्रममा खोलाले चप्पल बगाउदा चप्पल लिन जाँदा खोलामा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त प्रहरी नायव उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button