तपाईँ सुन्दै हुनुहुन्छः

रूपन्देहीमा ५ जनाको हत्या,एक पक्राउ

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका,१० मैनहवा गाउँमा एक युवकले आफ्नै पाँचजना साथीको हत्या गरेको आशंका गरिएको छ ।

घटनास्थलमा रहेका रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्ग खत्रीका अनुसार माधव मुसहर, जानकी मुसहर, पोखरा मुसहर, आशिष चौधरी र करण चौधरीको हत्या भएको हो ।

‘हत्या गरिएकाहरुको शव गाइफार्ममा भेटिएकाहुन् । शबको छेउमा रगत लतपतिएको फरुवा भेटिएको प्रहीले बताएको छ । त्यसैले कसैले हानेर मारेको प्रारम्भिक अनुमानप्रहरीको छ।

मृत्यु हुने २ जना श्रीमान्-श्रीमती हुन् ।

थापाका अनुसार सबैको घाँटीमा चोट छ । उनीहरु सबैलाई एकैठाउँमा राखेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी थापाले बताउनुभयो ।

प्रहरीले हत्याको आशंकामा सुर्खेतका करिव ३२ वर्षीय युवक झपेन्द्र सिंह सिंजालीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button