बाँकेमा थप २९ जना कोरोनामुक्त
नेपालगन्ज । बाँकेमा आज २९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
नरैनापुरका २२ जना र राप्तीसोनारीका सात जना आज डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
योसँगै बाँकेका दुई सय ७९ जना सङ्क्रमित मध्ये ९७ जना निको भएर घर फर्केका छन् ।
हालसम्म नरैनापुरका मात्रै एक सय १८ सङ्क्रमित मध्ये ६० जना डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्