तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न नागरिकको रोजीरोटीमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले कोरोना महामारी लगायत समाजका विभिन्न विषयमा सरकारलाई सुझाव र ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले कोरोना महामारीमा सरकारले जिम्मेवार तरिकाले कार्य गर्न नसकेको आरोप लगाउँदै आर्थिक क्षेत्रलाई चलायमान गराउन सरकारको ध्यान नगएको बताउनुभयो ।

उहाँहरूले सङ्कटको वर्तमान अवस्थामा विपन्न नागरिकको रोजीरोटीमा विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसै गरी सांसदहरुले सरकारको बजेटबाट निराशा मात्र छाएको बताउँदै सरकार समस्या समाधानमा अलमलमा रहेको आरोप पनि लगाउनुभयो ।

उहाँहरूले रुपन्देहीमा पाँच जनाको हत्या भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै कोरोना सङ्क्रमितको हेरचाह र राहतको बजेटमा अनियमितता नहोस् भनी सरकारको ध्यानाकर्षण पनि गराउनुभएको थियो ।

उहाँहरूले विद्यालयले समयमा पुस्तक पाउनुपर्ने भन्दै एसइई तथा कक्षा एघार र बाह्रको परीक्षाका बारेमा छिटो निणंय गर्न माग गर्नुभयो ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइएले प्रतिलिपि अधिकार संशोधन विधेयक २०७६ लाई सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।

उद्योग मन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको स्टान्र्डड नाप र तौल विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो ३ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button