तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जका एक सय १० जना सञ्चार कर्मीको कोरोना बिमा

वीरगन्ज । नेपाल पत्रकार महासङ्घ पर्साले वीरगन्ज महानगरपालिकाको सहयोगमा महासङ्घ पर्सा शाखाका एक सय १० जना साधारण सदस्यहरूको आज एक ैपटक कोरोना बिमा सम्पन्न गरेको छ ।

वीरगन्ज महानगरपालिकामा आयोजित एक कार्यक्रमका बिच प्रमुख विजयकुमार सरावगीले नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारालाई बिमा पोलिस हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा सङ्कटको बेलामा फ्रन्ट लाइनमा खट्ने सञ्चार कर्मीहरूको बिमा गर्नु महानगरपालिकाको आफ्नो कर्तव्य भएकोले त्यसको पालना गरेको नगर प्रमुख सरावगीले बताउनुभयो ।

सो अवसरमा बिमा कम्पनी वीरगन्जका प्रमुख शशि बिचित्र, सञ्चार कर्मी, उद्योगी ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

अव महासङ्घसँग आबद्ध पत्रकारहरूको पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएमा बिमा कम्पनीले एक लाख रुपैंया तत्काल उपलब्ध गराउने भएको छ ।

यसैबिच वीरगन्ज महानगरपालिकाले महासङ्घका सदस्य नरहेका तर क्रियाशील पत्रकारको पनि बिमा गर्ने नगर प्रमुख विजय सरावगीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button