तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घ प्रदेश र स्थानीय तहबिच समन्वय गर्न मन्त्रालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने’

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले सङ्घ प्रदेश र स्थानीय तहबिच समन्वय गर्न मन्त्रालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै मन्त्री त्रिपाठीले कोरोनाको सङ्कटमा आफ्नो औचित्य पुष्टि गर्दै स्थानीय तहले समानीकरण अनुदानको रकम कोभिड–१९ सँग लड्नका लागि प्रयोग गरिरहेको बताउनुभयो ।

उहाँले संसदीय विकास कोषलाई स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको रूपमा विकास गरिएको र यो कोलोनीका मार्फत स्थानीय तहमा रकम जाने भन्दै यो महत्त्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो ।

सामान्य प्रशासन मन्त्री त्रिपाठीले कर्मचारी व्यवस्थापनका लागि आवश्यक निजामती विधेयक छलफलमा रहेको र प्रारम्भिक मस्यौदामा नै छुटेका महत्त्वपूर्ण विषयमा छलफल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button