तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशमा थपिए नयाँ १० संक्रमित

अत्तरिया कैलाली । सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठलेले जानकारी दिनु भएको छ ।

उहाका अनुसार कैलालीको टीकापुर नगरपालिकाका ४ जना , धनगढी उपमहानगर पालिकाका २ जना र मोहन्याल गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै डडेल्धुराको नवदुर्गा गाउँपालिकाका, दार्चुलाको लेकम गाउँपालिकाका र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकामा पनि एक एक जनामा संक्रमण पुष्टि भएको उहाले बताउनु भयो ।

अछामकि एक सुत्केरी महिलाको उपचारको क्रममा प्रदेश ५ मा संक्रमण पुष्टि भएको हो । यो संगै प्रदेशमा संक्रमितको संख्या १५७ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button