तपाईँ सुन्दै हुनुहुन्छः

नवीन प्रविधिको माध्यमबाट परराष्ट्र नीति सञ्चालन गरिने

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिकुल अवस्थामा पनि अन्तराष्ट्रिय सम्बन्धका आधारलाई केन्द्रविन्दुमा राखि नविन प्रविधिको माध्यमबाट नेपालले परराष्ट्रनीति सञ्चालन गर्ने बताउनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांदहरुले मन्त्रालयगत छलफलमा उठाएका विषयहरुको जवाफ दिदै परराष्ट्रमन्त्री ज्ञवालीले नविन प्रविधिको माध्यमबाट सञ्चालन हुने नेपालको परराष्ट्रनीति मार्फत नेपालको राष्ट्रिय हित प्राप्तिमा कटिवद्ध रहने प्रतिवद्धता जनाउनु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले स्थापित र मान्य अन्तराष्ट्रिय प्रचलनलाई मनन गर्दै सम्बद्ध सबै पक्षले कुटनीतिक आचारसंहितालाई निष्टापूर्वक पालना गर्न परराष्ट्रमामिला तथा कुटनीतिक सम्बन्धका विषयमा सार्वजनिक रुपमा विचार र धारण व्यक्त गनेृ सबैलाई समवेदनशिलतालाई ध्यानमा राख्न पनि आग्रह गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button