तपाईँ सुन्दै हुनुहुन्छः

‘सेनाद्वारा अन्तराष्ट्रिय सीमाको दुरीभित्र रहेर सीमानाको सुरक्षा’

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले नेपाली सेनाले नेपालको अन्तराष्ट्रिय सीमाको निश्चित दुरी भित्र रहेर निरन्तर रुपमा सीमानाको सुरक्षा र निगारानी गर्दै आएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांदहरुले मन्त्रालयगत छलफलमा उठाएका विषयहरुको जवाफ दिदै उपप्रधानमन्त्री पोख्रेलले अन्तराष्ट्रिय प्रचलन अनुसार सामान्य अवस्थामा सीमानाको निगरानी गर्ने कार्य अर्धसैनिकले गर्ने प्रचलन अनुसार शसस्त्र प्रहरीबल नेपालले गर्दै आएको बताउनु भयो ।

उपप्रधानमन्त्री पोख्रेलले नेपाली सेनाले सुरक्षाका अतिरिक्त विकास निर्माणका र राष्ट्रिय गौरवका आयोजनाहरु, मुख्य सडकहरु निर्माण तथा राष्ट्रिय निकुञ्जहरुको सुरक्षाको काम सरकारले दिएको जिम्मेवारी अनुसार गरिरेहको समेत उल्लेख गर्नु भयो ।

उहाँले आगामी आर्थिक वर्षका रक्षा मन्त्रालयलाई कुल बजेटको ३.४ प्रतिशत विनियोजन गरिएको र त्यसतो विनियोजन विगत तीनबर्षको हाराहारीमा नै रहेको स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button