तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका दुई जनाले जिते कोरोना

सल्यान । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएका सल्यान बनगाड कुपिण्डे नगरपालिका १ र ४ का दुई पुरुष निको भएर घर फर्किएका छन् ।

भारतको नासिकमा मजदुरी गरी फर्किएका वडा न १ का २० वर्षीय युवा र वडा न ४ का ३३ वर्षीय युवामा कोरोना सङ्क्रमण देखिएपछि प्रदेश अस्पताल काला गाउँ सुर्खेतको आइसोलेसनमा भर्ना गरिएको थियो ।

बनगाड कुपिण्डे नगरपालिकाको बनगाड क्याम्पसको क्वारेनटाइनमा रहेका बेला ती युवामा कोरोना देखिएको थियो । पटक पटकको कोरोना परीक्षणको रिर्पोट नेगेटिभ आएपछि बुधवार डिस्चार्ज गरिएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ ।

सल्यानमा अहिलेसम्म एक सय ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button