तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिचम प्रदेशमा २७ जनामा कोरोना पुष्टी


धनगढी । सुदूरपश्चिम प्रदेशमा आज थप २७ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा बाजुराका १८ जना, कैलालीका ७ जना र बझाङका २ जना गरी २७ जनामा कोरोना संक्रमणको पुष्टी भएको अस्पातलद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण पुष्टी हुनेहरुमा बाजुराको बुढीगंगा नगरपालिकाका ४ दिने शिशु देखी १४, २५, २५, ३०, ४२, ५०, ५१, ५२ बर्षका पुरुष तथा ३, १८, २१, २२, २६, ३६, ४०, ४५ बर्षिया महिला र त्रिवेणी नगरपालिका ५० बर्षका पुरुष रहेका छन् ।

यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका २०, २३, २३, २४, २४, २९ बर्षका पुरुष र घोडाघोडी नगरपालिकाका ३० बर्षिय पुरुष तथा बझाङको बित्थडचिर गालपालिकाका ३० बर्षका पुरुष र थलारा गाउपालिकाका ३४ बर्षका पुरुष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button