तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुग्यो


काठमाडौं । आज थप २ सय ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३० जना पुरुष र २० जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा रौतहटका ३ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौटामा गरिएको परीक्षणमा बारा र धादिङका ७÷७ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा सर्लाहीका २ जना, महोत्तरीका ४ जना, रौतहटका १५ जनामा रसंक्रमण पुष्टि भएको छ ।

यसैगरी विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका ९ जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १३ जना र रोल्पका १४ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ४८ जना, र सुर्खेतका ७ जनामा आज कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ४ जना र रुपन्देहीका २९ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ७ जना, बाजुराका १८ जना र बझाङ २ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पश्चिमका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका ३९ जना र कपिलवस्तुको १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ४ हजार २ सय ८५ जना पुरुष र ३ सय २९ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी आज थप १ सय ८७ जना कोरोना मुक्त भई डिस्चार्ज भएसंगै हालसम्म कोरोना मुक्त भई घर फर्किनेको कूल संख्या ८ सय ६१ पुगेको छ । ती मध्ये ७ सय ७४ जना पुरुष र ८७ जना महिला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button