बारा जिल्लामा पहिलो पटक होमस्टे सञ्चालनमा आउने
बारा । बारा जिल्लामा पहिलो पटक होमस्टे सञ्चालनमा आउँने भएको छ । पर्यटकलाई आकर्षण गर्ने उदेश्यले बाराको तीन ठाउँमा होमस्टे संचालनमा ल्याउने तयारी भईरहेको जिल्ला बन कार्यालय बाराका सहायक बन अधिकृत हरिशंकर साहले जानकारी दिनुभयो ।
बाराको बिरे दमार ,चकरी र सिम्रौनगढमा होमस्टे सञ्चालनमा आउँने छ । होमस्टेलाई सु ब्यवस्थित तरिकाले सञ्चालन गर्न साँत सदस्य समिती गठन गरिएको छ ।
आगामि आर्थिक बर्षको सुरुवात देखिने होमस्टे सञ्चालनमा ल्याउने तयारी भईरहेको सहायक बन अधिकृत साहले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्