तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ६३

सुर्खेत ।  कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ७६३ पुगेको हो ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका छ र काठमाडौँ बूढानीलकण्ठ–२ निवासी हाल चिङ्गाड गाउँपालिका–५ सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा प्रमुख डा लक्ष्मीनारयाण तिवारीले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख डा तिवारीका अनुसार दैलेख डुङ्गेश्वर गाउँपालिका छ महिने बच्चा, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button