तपाईँ सुन्दै हुनुहुन्छः

कुवेतबाट नेपाल आएका २३ महिलालाई क्वारेनटिनमा राखियो

मेलम्ची । कुवेतबाट नेपाल आएका सिन्धुपाल्चोकका २२ र दोलखा घर भएकी एक महिला सहित २३ महिलालाई सिन्धुपाल्चोक ल्याएर विभिन्न चार क्वारेनटिनमा राखिएको छ ।

सम्बन्धित स्थानीय तहको अगुवाइमा राजधानीबाट जिल्लामा ल्याइएका उनीहरूलाई १४ दिन क्वारेन्टीनमै राखिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

कोरोना महामारीले विदेशमा अलपत्र नेपालीलाई जहाजबाट स्वदेश फर्काउने सरकारको निर्णयअनुसार उनीहरूलाई ल्याइएको थियो ।

कुवेतबाट बिहीबार फर्केकाहरू पाँच पोखरी थाङपाल, जुगल, भोटेकोसी, हेलम्बु गाउँपालिका र मेलम्ची तथा चौतारा साँगाचोकगढी नगरपालिका गरी ६ स्थानीय तहका बासिन्दा हुन् ।

फर्किनेमा जुगल गाउँपालिकाका सबैभन्दा बढी आठ जना थिए । उनीहरूलाई जुगलकै क्वारेन्टीनमा राखिएको छ । त्यस्तै मेलम्चीमा १०, सुनकोसीमा तीन र मेलचौरस्थित क्षेत्रीय क्वारेनटिनमा दुई जनालाई राखिएको छ ।

राजधानीको यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएका उनीहरूलाई लिन सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स पठाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button