तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा थप ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि

रौतहट । रौतहटमा आज थप ८६ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना सङ्क्रमितको सङ्ख्या छ सय १७ पुगेको छ ।

शुक्रवार थपिएकामा राजपुर नगरपालिकाको क्वारेनटाइनमा रहेका ८५ जना र परोहा नगरपालिकामा एक जना रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

रोजगारी गरेर भारतबाट फर्की सम्बन्धित नगरपालिकाको क्वारेनटाइनमा बसेका उनीहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गौरका ल्याब सुपरभाइजर राजकुमार साहले कोरोना सङ्क्रमितको सङ्ख्या पुष्टि गर्नु भएको हो ।

रौतहटमा एक सय दुई जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने अन्य सङ्क्रमितहरूलाई भने जिल्लाकै विभिन्न आइसोलेसन कक्षमा राखी उपचार गर्ने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button