तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय बढी

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा २ सय ४ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ९ जना महिला र १ सय ९५ जना पुरुष गरी कूल २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संगै प्रदेश २ मा कोरोनाबाट संक्रमितहरुको संख्या १ हजार ८ सय ६ पुगेको प्रदेश नंं २ का स्वास्थ्य निर्देशनालयका उप निर्देशक एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिनु भयो । आज थपिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी रौतहटमा रहेका छन् ।

संक्रमितहरुमा सप्तरीमा १८ जना, सिरहामा ११ जना, धनुषामा १५ जना, महोत्तरीमा १६ जना, सर्लाहीमा ५७ जना, रौतहटमा ८६ जना र बारामा १ जना रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नंं २ को रौतहट तथा सर्लाही जिल्ला कोरोनाले सबै भन्दा बढी प्रभावित जिल्ला भएका छन् ।

नयाँ संक्रमितहरु भारतको विभिन्न शहरहरुबाट आएर स्थानीय तहले निर्माण गरेको सम्बन्धित जिल्लाको क्वारेन्टाईनमा बस्दै आएका छन् । संक्रमितहरुलाई आफ्नै जिल्लामा उपचारको लागि निर्माण गरिईएको आईसोलेशनहरुमा लगिने कामकाज भईरहेको मन्त्रालयले जनाएको छ ।

अहिले पनि विभिन्न क्वोन्टाईनहरुमा उल्लेख्य संख्यामा भारतवाट आएकाहरु रहेको र उनीहरुको स्वावको पि सि आर परीक्षणको रिपोर्ट नआएकाले कोरोना अझै बढ्ने सम्भावना व्यापक रहेको छ । संक्रमितहरुमा स्वास्थ्य अवस्था सामान्य नै रहेकाले जिल्लामा नै निर्माण गरिईएको आईसोलेशनमा राखेर उपचार हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नंं २ मा संक्रमितहरुको संख्या थपिएसंगै कोरोनालाई पराजित गरेर निको हुनेको संख्या पनि बढ्दै गएको छ । आजसम्ममा ४ सय २० जनाले कोरोनालाई जितेर आफ्नो फर्किसक्नु भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button