तपाईँ सुन्दै हुनुहुन्छः

सबैलाई गम्भीर र संवेदनशील हुन सीसीएमसीको आग्रह

नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसी निर्देशक समितिले अहिलेको अवस्था सामान्य नरहेको र नेपालीहरु कोरोना संकटको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन सबै नेपालीलाई आग्रह गरेको छ ।

समितिको आज साँझ सिहदरवारमा बसेको बैठकले जनजीवनलाई सहज अवस्थामा फर्काउन निर्णय भैसकेको अवस्थामा सामाजिक दुरीलाई कामय राख्नु र संक्रमणको जेखिम नियन्त्रणका लागि सहयोग गर्नु सबै नेपालीको दायित्व भएको ठहर गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

बैठकले थारै मात्र असावधानीले संक्रमणले भयावह महामारीको रुप लिन सक्ने खतराप्रति सजग हन पनि सम्वद्ध सबैमा आवहन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button